काठमाडौँ । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा काँग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ ।

यस्तै,  एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७  सिट, तृण मूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु काँग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासिल गरेका छन्।

बनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो  र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका  छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतमा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रूपमा स्थापित गरेको छ । त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशीर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’

काँग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ । अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ ।

सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए ।

  • प्रशासन

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com