काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन्।
उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु।’ उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताए।
प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार
प्रतिक्रिया