काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदन माग गरेको छ ।

न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको हो।

साथै न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले सहकारी ठगीमा निर्दोष रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिको भिडियो अन्य प्रमाणसँगै अदालतमा पेस गर्न आदेश गरेको छ ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरी पनि झिकाउन आदेश दिएको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com