नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा नाला निर्माणको क्रममा पुरिएर मजदुरको मृत्यु भएको घटनालाई लिएर कावासोती तनावग्रस्त भएको छ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन ३० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ३० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार भएको छ। प्रदर्शनकारीको आक्रमणमा परी चार प्रहरी घाइते भएका उनले बताए।

यसैगरी, प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय सञ्जय श्रेष्ठलगायत घाइते भएका छन्। प्रदर्शनकारीले कावासोती नगरपालिका र नगर प्रमुख विष्णुप्रसाद भुसालको घर तोडफोड गरेका छन्।

प्रकाशित मिति: १ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com