काठमाडौं । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचनको आचारसंहिता उल्लंघन गरेर पार्टीलाई भोट मागेका छन् । गएराति १२ बजेबाट मौन अवधि सुरु भएको मा उनले भने बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफ्नै भिडिओ सेयर गर्दै भोट मागेका हुन् ।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जालबाट समेत भोट माग्न नपाईने ब्यवस्था छ ।यदी त्यस्तो गरेको पाईएमा आचारसंहिता विपरित काम गरेको भनी तत्काल कारबाही हुने आयोगले बताएको थियो।
प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार
प्रतिक्रिया