रामेछाप । रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।

बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन् । दुर्घटना हुँदा एउटा मतपेटिकाको शिल सामान्य फुटेको र अरुमा भने क्षति नभएको प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताए।

दुर्घटना स्थलमा मुचुल्का तयार पारेपछि मात्र उक्त मतपेटिका उठाएर रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

 

प्रकाशित मिति: ३० बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com