काठमाडौँ । नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा काँग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको हो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल ‘प्रचण्डको सरकार ढलेपछि काँग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै काँग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि काँग्रेस र एमालेका नेताहरू गृहकार्यमा जुटेका छन् ।

प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com