काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको नेतृत्वमा बन्ने सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दै हुनुहुन्छ भने सोमवार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । दुवै दलले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरी सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंगो लगाई आफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने योजना बनाएका छन ।

दुवै दल पूर्वसहमति अनुसार आजै मन्त्रालय र मन्त्री टुंग्याउने गरी आन्तरिक गृहकार्यमा जुटेका हुन । ओली नेतृत्वको सरकारमा साना दलहरूलाई पनि सहभागी हुनेछन । ओली सरकारमा जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई सरकारमा सामेल गर्नेबारे दुवै दलमा छलफल भइरहेको छ । साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सोहीअनुसार कांग्रेस एमालेबीच १७ मन्त्रालयको भागबण्डा गरी साना दललाई वटा मन्त्रालय राखेको छन ।

कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो । दुई दलबीच एक–एक जना उपप्रधानमन्त्री राख्ने सहमति पनि भएको छ । कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री हुने र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने गरी दुवै दलमा छलफल अघि बढेको छ ।

दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । अरु मन्त्रालय साना दलहरुलाई दिने गरी छलफल चलिरहेको हो ।एमालेले अर्थ, शिक्षा, शहरी विकास, संचार, भूमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिने लगभग टुंगो लागेको छ । यस्तै कांग्रेसले गृह, परराष्ट्र, भौतिक, पर्यटन, स्वास्थ्य, सामान्य प्रशासन र वन मन्त्रालय लिने सहमति भएको छ ।

यसैगरी अशोक राई नेतृत्वको जसपालाई श्रम तथा रोजगार र अरु साना दललाई महिला वालबालिका, खानेपानी र युवा खेलकुद दिने तयारी दुई दलको छ । जसपाबाट प्रदिप यादवको मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसबाट उपप्रधानमन्त्रीसहित भौतिकमा प्रकाशमान सिंह,परराष्ट्रमा आरजु राणा, गृहमा रमेश लेखक, स्वस्थ्यमा तेजुलाल चौधरी, कानुनमा अजय चौरसिया, पर्यटनमा अर्जुननरसिंह केसीको मन्त्रालय टुंगो लागेको बताइएको छ । मन्त्रीमा रामनाथ अधिकारी हृदय थानीको निश्चित भएपनि मन्त्रालय टुंगिएको छैन । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने बताइएको छ ।

प्रकाशित मिति: ३१ असार २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com