काठमाडौँ  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीमा शपथ खानु अघिल्लो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चपली हाइटस्थित उनकै निवास पुगेका नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट मन्त्री बनाउन तीनजनाको नाम पाएका छन्।

चपली हाइटस्थित निवासमा करिब दुई घन्टा लामो भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले तीन जनाको नाम ओलीसँग सिफारिस गरेकी हुन्।

शीतलनिवासबाट बहिर्गमन भएपछि सक्रिय राजनीतिको लालसामा उत्रिएकी भण्डारीले आफूनिकट एमाले नेताहरु बिष्णु पौडेल, गोकुल बास्कोटा र समानुपातिकबाट सांसद बनेकी दीपा शर्माको नाम मन्त्री बनाउन सिफारिस गरेकी थिइन्।

दुई नेताद्वयबीच कांग्रेससँगको सत्तायात्रा, एमाले राजनीति र मन्त्री बनाउने सम्भावित नामहरुबारे समेत छलफल भएको निकटवर्ती स्रोतहरुले बताएका छन्।

प्रधानमन्त्रीमा चौथोपटकका लागि नियुक्त भएका ओलीले सोमबार ११ बजे राष्टपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिँदैछन्।

प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com