काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् ।
कांग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउनेछन् । सरकारमा क–कसलाई पठाउने भन्नेमा कांग्रेस र एमालेको शीर्ष तह आन्तरिक छलफलमा छ ।
एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।
यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ । यद्यपि, शपथसम्ममा प्रधानमन्त्री ओलीले केही नाम हेरफेर गर्ने सम्भावना भने रहने स्रोतको भनाइ छ ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार
प्रतिक्रिया