काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदस्थापनसँगै दुई निर्णय गरेका छन् । मन्त्रालयमा पदस्थापन गर्दै उनले चितवनको सिमलतालमा भएको बस दुर्घटनाका सत्य तथ्य छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो । कार्यदलले दुर्घटनाको सत्य तथ्य विवरण र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ ।

यसै गरी अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने निर्णय भएको छ । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तयार भएको (क्राइम एक्सन प्लान) चौथो त्रि वर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना (२०८१–८२ देखि २०८३–८४)सम्म स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गृहमन्त्री लेखकले गरेका छन् ।

प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com