काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार
प्रतिक्रिया