एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्। मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका छन्।

फक्स समाचारका अनुसार २१ वर्षका ती युवक सम्मेलन हलमा प्रवेश गर्न खोजिरहँदा आशङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा ती व्यक्ति एके–४७ राइफल र गोलीसहित पक्राउ परेका हुन्।

त्यसैगरी चक्कु लिएर सम्मेलन स्थल बाहिर घुमिरहेको अवस्थामा एकजना भेटिएपछि प्रहरीले गोली हानी हत्या गरेको छ। राष्ट्रिय सम्मेलनमा ट्रम्पलाई रिपब्लिकन पार्टीले आगामी राष्ट्रपति निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको छ।

यसअघि आइतवार चुनावी सभा सम्बोधनको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर उनको कानमा सामन्य चोट लागेको थियो।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com