काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आमनागरिकमा उत्साह बढेको बताएका छन्।

महासंघका अध्यक्ष ढकालले राजनीतिक तथा नीतिगत अस्थिरताले स्वदेशी तथा विदेशी दुवै क्षेत्रमा लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरूमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए ।

‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसद्का दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार निर्माण गरेका छन् । यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आमउपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्न सक्छ,’ ढकालले भने ।

कांग्रेस र एमालेको सहकार्यमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनले सोमबार नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरूलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको ढकालले बताए ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com