दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ। भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो। शिलाबाट निस्कने तरल पदार्थलाई पसिना मान्ने गरिएको छ।

शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष भरत श्रेष्ठले पसिना आउने क्रम अझै जारी रहेको बताएका छन्। भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने दावी गर्ने गरिएको छ।

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ। मन्दिर परिसरमा अहिले क्षमापूजा भइरहेको छ।

भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरू बजाइन्छ। पसिना आएको खबर सार्वजनिक हुना साथ ठूलो संख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका छन्। शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रूपले दिने गरिन्छ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com