काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आइतबार एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।
प्रकाशित मिति: ६ श्रावण २०८१, आइतबार
प्रतिक्रिया