सल्यान । सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिका अध्यक्षमा मानबहादुर बुढाथोकी र उपाध्यक्षमा लालबहादुर रावतले जित हासिल गरेका छन् ।

उनीहरूकाे जितमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लागेर कुमाख गाउँपालिका-४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकीकाे मृत्यु भएकाे हाे । विजय जुलुसमा जाँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला उनीहरूलाई करेन्ट लागेकाे थियाे ।

दुवैको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए।

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com