रामेछाप । सुनापति गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ५३९८ र खड्काले ४८५१ मत प्राप्त गरे । ठूलोकान्छा तामाङले ५४७ मत बढी ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा पनि माओवादीकै गिता विष्ट विजयी भएकी छिन् । उनले ५३६० मत ल्याएर विजयी भएकी हुन्। कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत ल्याएकी थिइन । गिता विष्टले २९२ मत बढी ल्याएर उपाध्यक्षमा विजयी भएकी हुन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com