काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् ।

मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको कुरा सन्न देशव्यापी अभियानमा निस्कने बताएका हुन् ।

‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरूको कुरा सन्नुका लागि जाने इच्छा छ’ बैठकमा ‘प्रचण्ड’ले भनेका छन् ।

देशव्यापी अभियानबाट फर्कदा विचारको नयाँ संश्लेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ,’ ‘प्रचण्ड’को भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com