काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र साहलाई नगरप्रहरीको आडमा गुण्डागर्दी गरेको आरोप लगाएका छन्। शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले यस्तो आरोप लगाएका हुन्। ‘न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ।

जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोकेर प्रतिरोधमा उत्रिएको देखिएको छ,’ पूर्वमेयर शाक्यले भने,‘नगरप्रहरीको बलमा यस्तो गुण्डागर्दी सह्य हुनेछैन।’

उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको पनि आरोप लगाए। महानगर भत्काउने काममा मात्रै लागेको भन्दै पूर्वमेयर शाक्यले महानगरवासी भत्काएको भन्दा बनाएको भन्ने कुरा सुन्न आतुर रहेको बताए। यस्तै पूर्वमेयर शाक्यले मेयर बालेनलाई लक्षित गर्दै धरहरा भत्काइदिने अभिव्यक्ति आपत्तिजनक रहेको समेत बताए।
उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन्।

कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने। गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन्। त्यसमा हामीले चिन्ता लिनु पर्दैन।’

आफू महानगरको मेयरको रहँदा काठमाडौंलाई संघीय सरकारले नवाैं स्थानमा राखेको उल्लेख गर्दै अहिले झारेर १७ औं स्थानमा पुर्‍याएको समेत शाक्यले आरोप लगाए।

 

 

प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com