काठमाडौं । बंगलादेशमा सैनिक कू भएको छ । देशबासीका नाममा केही बेर अघि सन्देश जारी गर्दै प्रधानसेनापति वाकेर उज जमानले शासनव्यवस्था लिएको घोषणा गरेका छन्।

उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पुष्टि गर्दै तत्कालै अन्तरिम सरकार गठन हुने पनि घोषणा गरेका छन् । सैनिक कूसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ ।

कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीहरुले सरकारविरद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमवारै देश छाडेकी थिइन् । प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल गरेका छन् ।

असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतवारमात्रै कम्तिमा ९८ जनाले ज्यान गुमाएका थिए । सोमवार चार लाख भन्दा बढी प्रदर्शनकारीहरुले प्रधानमन्त्री, मन्त्री, सांसदहरुको घर र कार्यालय घेराउ गरेका थिए ।

एक महिनाअघि आन्दोलन शुरु भएदेखि हालसम्म कम्तिमा पनि ३०० जनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तिमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com