काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरूले पनि पाठ सिक्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन् ।

यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।

उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरूले बुझ्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com