काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान एमाले– कांग्रेस गठबन्धनको सरकारले जनताको नभई विचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।
आइतबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रभावमा परेर केपी ओली नेतृत्वको सरकारले असुल्नु पर्ने अर्बौ रुपैयाँ बक्यौता बिचौलिायको प्रभावमा पारेर छुट दिन खोजेको बताए । उनले दलाल र विचौलियाकै कारण देशलाई अर्बौ रुपैयाँ घाटा भएको आरोप लगाए ।
प्रचण्डले जनताको अर्बौँ रकम छुट दिने दुश्साहस गरेमा सरकारविरुद्ध शसक्त्त संघर्ष थाल्ने चेतानी दिए। उनले बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे । उनले बंगलादेशमा भएको सत्ता परिवर्तनलाई पनि प्रचण्डले बहुमतको दम्भको घटनाको संज्ञा दिए ।
उनले दुई पार्टी मिलेर मात्र संविधान शंसोधन हुन सक्दैन भन्दै जनताको पक्षमा अझै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार
प्रतिक्रिया