काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिन्दगीमा भ्रष्टाचार नगरेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र नसहेको बताएका हुन्।

‘जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिन पनि,’ उनले भने, ‘मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जबाफ दिन तयार छु।’

प्रधानमन्त्री ओलीले आफूलाई धन आर्जन गर्न नपर्ने पनि बताए। राज्यको सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउन आवश्यक पनि नरहेको उनको भनाइ छ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com