काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित मेयरमा विजयी भएका छन्। निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार नापित विजयी भएका हुन्।

अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ। उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्। यो पालिकामा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ। तर पनि समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्।

यस पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ। योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो। तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com