काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने गरी ‘मिसन– ८४’ केन्द्रित कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय सचिवालय बैठकले गरेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहितको पछिल्लो निर्णयलाई अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै ओलीले देशभरका सबै कमिटीलाई त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

तीनवटै तहको सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता थपिएको भन्दै उनले तीनवटै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउन भनेका छन् ।

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com