काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्। निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको एक मन्त्रीले बताए ।

‘क्याबिनेटको निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ। अब निर्णय प्रवक्ताबाटै आउँछ। निर्णयबारे सूचनाका लागि फोन नगर्दा हुन्छ’ उनले भने । उसो त मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमअनुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com