काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनसंख्याको आवश्यकता र भविष्यमा हुन सक्ने डेमोग्राफिक्स डिसअर्डरबारे अहिलेदेखि नै गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवस समारोहमा उनले युवाहरूलाई २०–३० वर्षको उमेरतिर बिहे गर्न सुझाएका हुन् ।

‘२०–३० वर्षको उमेरतिर बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्, त्यसो गरेपछि जबमा लागे पनि भो, जेमा लागे पनि भो, बाहिरफेर घुमाइफिराइ गरे पनि केही भएन, छोराछोरी हुर्कंदै गर्छन्,’ उनले भने, ‘५० वर्षपछि नेपाल ज्येष्ठ नागरिकहरूको देश हुने खतरा छ, गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छ, फ्युचर जेनेरेसनको कुरा गर्ने, अनि फ्युचर भनेको पैसा हो ? पैसाले फ्युचर हुन्छ ? त्यसका लागि बालबच्चा चाहियो होला ।’

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गर्ने र भविष्यबारे सोच्न सचेतसमेत गराए । एकातिर रोजगारीकै समस्या छ, बालबच्चा पाल्ने कसरी भन्ने समस्या त छँदै छ, त्यसकारण एकातिर हामीले उद्यमशीलताको विकास गर्नुप¥यो,’ उनले भने

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com