काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणाम अनुसार १२५५३ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६७०६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९५७ मत पाएकी छन्। डिल्लीबजारको मतगणनाको शुरुवाती चरणमा सिर्जना सिंह पहिलो, बालेन शाह दोस्रो र केशव स्थापित तेस्रो स्थानमा रहेका थिए। तर अहिले फेरि बालेन शाहले वडा नम्बर २९ मा अग्रता कायम गरेका छन्।

वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेकोमा अहिले २९ नम्बर वडाको पनि मत गणना सुरु भएको छ। २९ नम्बरमा बालेनले ७३ मत पाउँदा सिर्जनाले ६२ र स्थापितले ३२ मत पाएका छन्। बाँकी सबै वडामा पनि बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्। 

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com