एजेन्सी ।  बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्व प्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

बंगलादेशका पूर्व कानुन मन्त्री अनीसुल हक र पूर्व प्रधानमन्त्री हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

दुबैलाई ढाकाको न्यू मार्केट एरियाका एक व्यापारी शाहजहाँ अलीको हत्याको आरोपमा बुधवार चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले प्रहरीले मागे अनुसार १० दिनको पुलिस रिमाण्डमा पठाउन आदेश दिएको हो ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com