काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब २०–२५ वर्षीय पुरुष व्यक्ति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ। स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए ।
दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार
प्रतिक्रिया