चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ। 

दाहाल ९ हजार ५४२ मतका साथ अग्रस्थानमा छिन भने सुवेदी  ८ हजार ८७ मतका साथ पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४  हजार ३१५ मतका साथ तेस्रो स्थानमा छन । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ र राप्रपाका हिमला गुरुङले ६ हजार ५९३ मत प्राप्त गरेका छन्। 

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ। वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गरेका छन । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्। भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ।

यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com