काठमाडौं । पशुपति कोटी होमका भएको घटनाबारे छानबिन गर्न ७ सदस्यीय छानबिन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद यादव, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल रहेका छन्।

कोटिहोमका आयोजक विजयकृष्ण मुर्तिलाई पक्राउ गर्न जाँदा स्थिति तनावग्रस्त बनेको थियो।

प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com