एजेन्सी । नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् । ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइनेछ ।

जुलाईमा ट्रम्पलाई मार्न भएको प्रयासमा भाग्यले उनी बाँचेका थिए । सो घटना लगत्तै मस्कले नै ट्रम्पलाई समर्थन गरेका थिए । नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले वर्तमान उपप्रधानमन्त्री कमला ह्यारिसको सामना गर्दैछन् ।

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com