एजेन्सी । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् ।

बीबीसीका अनुसार गत शनिबार बिहान होक्काइदोको न्यू चिटोज विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ पास लिने ठाउँ नजिकको स्टोरमा राखिएको कैंची हराएको थियो । त्यसपछि, सुरक्षाको कारण देखाउँदै उडान प्रभावित भएको हो ।

सुरक्षाकर्मीहरुले विमानस्थलमा यात्रुहरुको दोहोर्‍याएर कडा सुरक्षा जाँच गरेका थिए । त्यसक्रममा यात्रुहरुको लामो लाइन लागेको थियो ।

बीबीसीले लेखेको छ, ‘अधिकारीहरुले त्यो दिन हराएको कैंची खोज्ने कोसिस गरेर तर भेटिएन । भोलिपल्ट त्यही स्टोरमा कैंची भेटियो ।’

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com