काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

बुधबार संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग छलफल गर्दै उनले भने, ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला।’

असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेस गर्न कर्मचारीलाई मन्त्री पाण्डेको निर्देशन छ। ‘त्रैमासिक समीक्षा गर्ने वेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरूको बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के-के गर्छौँ? गर्न सक्ने कार्यक्रमहरू के-के हुन् ? गर्न नसक्ने काम के-के हुन्? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नू।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्नसमेत निर्देशन दिएका छन्। नीतिगत सुधारका लागिसमेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com