रासस । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१०, बयाल्यामा बरुण धितालको घर भत्कँदा २२ बाख्रा मरेका छन् । गए राति धितालको घर भत्कँदा २२ बाख्रा पुरिएर मरेका हुन् । त्यहाँका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार, गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्कँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भएको छैन । अरू क्षतिको विवरण संकलन भइरहेको

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com