काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि. को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com