काठमाडौं । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो ।

थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार, थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्णभूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो ।

  • सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com