काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा बालेन शाहलाई पछि पार्दै सुरूवाती अग्रता लिएका छन्। वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।

त्यस वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।

उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले अहिलेसम्म १४ हजार ७१७ मत पाएकी छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com