काठमाडौं । दुरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्नो लाइसेन्स नवीकरणको शुल्क किस्ताबन्दीमा तिर्ने सुविधा पाएको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले एनसेललाई यो सुविधा दिने निर्णय गरेको हो।
‘एनसेलले नवीकरण दस्तुर चार किस्तामा बुझाउन पाउने गरी निर्णय भएको छ,’ सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
उनका अनुसार चार किस्तामध्ये पहिलोको ब्याज नलिने, दोस्रो, तेस्रो र चौथोको १० प्रतिशत ब्याजसहित लिने पनि निर्णय भएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार
प्रतिक्रिया