एजेन्सी । १४ महिनासम्म अपहरणकारीसँग बिताएका दुई वर्षीय बालक आफ्नो परिवारको साथ जानुपर्दा निकै रोए । ती बालकलाई अपहरकारीको साथ छाड्न मन थिए ।

घटना भारतको राजस्थान राज्यको जयपुरको हो । करिब १४ महिना अघि जयपुरको सांगानेरस्थित घरबाटै पृथ्वी नाम गरेका बालक अपहृत भएका थिए । हालै जयपुर प्रहरीले अपहरकारीलाई अलीगढबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले ती बालकलाई आमाको जिम्मा लगाए । तर फुत्केर ती बालक फेरि पनि अपहरणकारीकै साथ पुगेर रुन्थ्यो । १४ महिनासम्म बालकलाई आफूसँग राख्दा अपहरणकारीले ती बालकलाई कुनै प्रकारको हानि नगरेको, बरु खेल्नका लागि विभिन्न खेलौना, नयाँ कपडा किनेर ल्याउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तनुज नाम गरेका अपहरणकारीले ती बालक आफ्नो छोरा रहेको दाबी गर्दै आएका छन् । बालकलाई अपहरण गरेपछि पनि तनुजले बालककी आमासँग फोन सम्पर्क गरी आफूसँगै बस्न बारम्बार आग्रह गर्दै आएको बताइएको छ ।

प्रहरीले प्रेम प्रसङ्गको कोणबाट यो घटनालाई अनुसन्धान गरिरहेको बताइएको छ । तत्कालका लागि अपहरणकारी तनुजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकलाई उसको परिवारको जिम्मा लगाएको छ ।

 

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com