परासी। नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।

नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे।  यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो । उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी क्षेत्रीलाई ११९ मतान्तरले हराए । चौधरीले ६ हजार ५८२ र क्षेत्रीले ६ हजार ४६३ मत प्राप्त गरे। अठार वडामध्ये ६ वडामा कांग्रेस, दुईमा एमाले, तीनमा राप्रपा, ६ वडामा जनता समाजवादी पार्टी र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेस वडा नं ५, ६, ८, १४, १७ र १८ मा, एमाले वडा नं १२ र १३ मा, राप्रपा वडा नं १, ३ र ९ मा, जसपा वडा नं २, ४, ७, १०, ११ र १६ मा तथा वडा नं १५ मा स्वतन्त्र उम्मेदवार विजयी भए। 

 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com