धरान । देशको संघीय राजनधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले अग्रता फराकिलो बनाइरहेका बेला प्रदेश १ का दुई उपमहानगरपालिकामध्ये धरानमा पनि लौरो चुनाव चिह्नधारी मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

बिहीबार अपरान्ह ११ बजेसम्मको मत परिणामअनुसार धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)सँग कांग्रेसका उम्मेदवार किशोर राई १४७ मत र नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारी (सुवेदी) १ हजार ७८९ मतले पछि परेकी छन् ।

साम्पाङले ८ हजार ६१६ मत प्राप्त गर्दा कांग्रेसका किशोरले ८ हजार ४३७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी मन्जु भण्डारी (सुवेदी)ले ६ हजार ८२७ मत ल्याएकी छन् ।

धरानमा ९९ हजार २८१ मतदाता रहेका छन् । जसमध्ये ६२ हजार ८९८ मत खसेको जनाइएको छ । धरानमा वडा नं ११ को मतगणना सकिएको छ भने वडा नंं ८ र ११ को गणना जारी रहेको छ । वडा नम्बर २० को गणना स्थगित छ । २० वटा वडामध्ये वडा नम्बर ६ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

अहिलेसम्म नेकपा एमालेले ६ वटा वडामा वडाध्यक्ष जित्दा कांग्रेससहितको गठबन्धनले ४ वटा वडाध्यक्ष जितेको छ ।

 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com