काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् ।

मन्त्री मनाङेले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताएका छन् । ‘मैले मुख्यमन्त्रीलाई राजीनामा पठाइसकेँ । म काम गर्न खोज्ने मान्छे हो । प्रदेशको वन मन्त्रालयमा गएर मैले के गर्ने ?,’ मनाङेले प्रश्न गर्दै भने, ‘प्रदेशलाई वनमा कुनै अधिकार नै छैन । खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन । सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ ।’

उनले आफू गाडी र डेरा पाउनकै लागि मात्रै मन्त्री नभएको दाबी गरे ।

 

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com