काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे पार्टी बैठकमा टिप्पणी गरेका छन्।

मंगलबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा समसामयिक विषयमा ब्रिफिङ गर्दै ओलीले प्रचण्डमा कुनै बदलाव नआएको बताएका हुन्। ‘प्रचण्डको जहिलेपनि खेल्ने, खेलैखेल खेलेर कहिले को सँग कहिले कोसँग मिलेर सत्ता हत्याउने चरित्रमा कहिल्यै बदलाव आएन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने।

प्रचण्डको चरित्रबारे बोल्दै अध्यक्ष ओलीले अस्थिर, गैरजिम्मेवार, चिन्तन र सोचमा परिवर्तन नआएको लगायतका टिप्पणी गरे।
‘अस्थिर, गैरजिम्मेवार, चिन्तनमा परिवर्तन नआएको, सोचमा परिवर्तन नआएको, लोकतान्त्रिक बन्न नसकेको पात्र हुन्, प्रचण्ड’, बैठकमा ओलीले भनेका थिए।

उनले प्रचण्डले पनि आफूहरूलाई धोका दिन लागेको थाहा पाएपछि सत्ता परिवर्तन गर्नपरेको पार्टी बैठकमा बताएका थिए।

 

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com