काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो ।

साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयका निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले प्रशासनलाई जानकारी दिएका छन् ।

‘आज भाद्र १९ गते सार्वजनिक बिदा भनी सामाजिक सञ्जालमा मिथ्या सूचना सम्प्रेषण भएको पाइको छ । आज कुनै सार्वजनिक बिदा नभएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’ गृह मन्त्रालयले भनेको छ ‘गृह मन्त्रालयले विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्युरोले काम सुरु गरिसकेको ब्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com