आफूले आफ्नै खुट्टामा बन्चराे हानेर जुत्ताकाे कल्पना गर्नू, कत्तिकाे उचित हाे !

प्राणीकाे स्वभावै हाे, सहस्रबलद्वारा निर्बलमाथि शासन ! यसले सर्वत्र एकछत्र छाएकाे छ । जसमा मात्रा अन्तर हाेला ! स्वरूप अन्तर हाेला ! तर गुण र परिणाम भने एउटै हाे । यसले प्राणीजगत मात्रै हैन, यदि गहिरिएर हेर्ने हाे भने प्रकृतिजगतमा पनि एकछत्र राज गरेकाे देखिन्छ । के पानी ओरालाेतिर बहनु, जलले ओरालाेमाथि गरेकाे शासन हैन ?

यसकारण सिद्ध हुन्छ, प्रकृति स्वभाव हाे । ‘स्वभाव’ आफैमा एक स्वार्थयुक्त पद हाे । ‘स्व’ अर्थात् स्वयं आफै र ‘भाव’ अर्थात् त्यसकाे अस्तित्व । यानिकि आफू रहनुकाे अस्तित्व नै स्वभाव हाे । यहाँ आफू भन्ने बित्तिकै स्वार्थ अत्त्युक्ति भइसक्याे । त्यसकारण प्राणीले सबैभन्दा पहिला आफ्नै बारेमा साेच्छ । किनकि याे जन्मसिद्ध हुन्छ । जन्मसिद्ध यसकारण, याे प्राकृतिक हुन्छ । जन्म प्राकृतिक हाे । यदि कसैले आफ्नाे स्वभावकाे अनुष्ठान गर्दैन, उनीहरूकाे अस्तित्व रहँदैन । किनकि याे कर्मनिष्ठ हुन्छ । कर्म विना कारण हुँदैन । कारण केही कुराकाे निमित्त हुन्छ, त्यसकारण त्यहाँ स्वार्थ हुन्छ । जन्म पनि एक निमित्त हाे, त्यहाँ पनि एक कारण हुन्छ ।

‘जसरी फलामले फलामलाई तान्दैन, तर चुम्बकले फलामलाई तान्छ’, भनेझैँ स्वार्थले स्वार्थ व्यूत्पन्न गर्दैन, तर कर्मनिष्ठ स्वार्थले स्वार्थकाे व्यूत्पन्न गर्छ । किनकि कारणले कारण व्यूत्पन्न गर्न सक्दैन । त्यहाँ कर्म चाहिन्छ । त्यही कर्मनिष्ठ स्वार्थले व्यूत्पन्न गरेकाे स्वार्थ नै स्वभाव हाे । जुन प्राकृतिक हुन्छ, सिद्ध भयाे ।

यसैकाे मुलभूत स्वरूप नै विकसित भएर लाेभ र लालचमा परिणत हुने हाे । जसद्वारा कुनै पनि चराचर जगत अछुताे छैन । त्यसैका नियन्त्रणहेतु विभिन्न कालखण्डमा विभिन्न बाैद्धिक विचारविमर्शहरू भए । त्यसैका धरातलमा उभिएर अहिलेकाे आधुनिक जगतमा राजनीतिले विभिन्न हाँगाविँगा फिँजाएका हुन् ।

तर जजसले तीती कुराहरूलाई नियन्त्रण गरेर राजनीतिलाई अङ्गाले, तीती राष्ट्रहरू अग्रगामीतिर अग्रसर भए भने जजसले अनियन्त्रीत भएर तीती कुराहरूकाे माेहमा पर्दैन राजनीतिलाई अङ्गाले, तीती राष्ट्रहरूले पश्चगामीकाे बाटाेतिर अग्रसर हुन पुगे । जसकाे चपेटामा परेका राष्ट्रहरू मध्ये हाम्राे पनि एक हाे ।

यसैकाे सेराेफेराेमा श्री अशेष मल्ल ज्यूद्वारा लिखित नाटक ‘भिक्षां देहिः’ पुनः एक पटक नवप्रशिक्षार्थीहरूद्वारा कालिकास्थानमा अवस्थित ‘सर्वनाम’ नाटकघरमा यही भाद्र अठार गतेदेखिन् पुनः मञ्चन सुरु गरिएकाे छ । र साथै याे नाटक एक सातासम्मन् मञ्चन भइरहने छ ।

जसमा प्रस्तुतिकाे पाटाेबाट नियाल्दा सर्वनामकै सिद्धान्त ‘मीतव्ययी रङ्गमञ्च’ लाई अङ्गालिएकाे छ भने, अभिनयकाे पाटाेबाट नियाल्दा उः बेलामा लेखिएकाे नाटकले पनि देशकाे वर्तमान परिप्रेक्षलाई गहन व्यङ्ग्य गर्दै गम्भीर विषयमा उभिएर कहिले हँसाउने त कहिले भावुक बनाउने दृश्यहरू अटाइएका याे समूल नाटक अझै पनि उत्तिकै सान्दर्भिक रहेकाे देखिन्छ । जसले नेतृत्ववर्ग र नागरिकवर्गकाे बिचमा एक दरिलाे प्रश्न खडा गर्दिएकाे छ । त्यही प्रश्न माथिकाे अत्त्युक्ति ।

  • कप्टेरो:

प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com