काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।

कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए ।

‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, … अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com