काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको आइतबार राति सामाजिक सञ्जाल फेसबुककमार्फत जानकारी दिएका छन् । योसँगै अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म कायम भएको छ ।

सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको समय घटाइएको प्रधानमन्त्री ओलीले उल्लेख  गरेका छन् । ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ, कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ’, उनले लेखेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com